
पोखरा स्पोर्ट्स । नेपालको हङकङ चाइनासँग हुन लागेको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषदले खेलका लागि दशरथ रंगशाला उपलब्ध नगराएका कारण खेल स्थगित गरेको जनाएको छ ।
एन्फाले भनेको छ- ‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग एन्फाले मिति २०८२ फागुन १० गते चलानी नं ९११/०८२/०८३ (राखेप दर्ता नं ३५५९) को पत्रमार्फत मैत्रीपूर्ण खेलको संचालनको लागि रंगशाला र त्यसको खेलमैदानको लागि स्वीकृति मागेको थियो ।
मिति २०८२ चैत ३ गते पुन चलानी नं ९८२/०८२/०८३ (राखेप दर्ता नं ३७९५) को पत्रमार्फत रंगशालाको फ्लडलाइट, स्कोर बोड र अन्य पूर्वाधारहरु खेलको लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो । तर एन्फाको खेलमैदान तथा रंगशाला उपलब्ध गराइदिन गरेको आग्रह र खेल संचालनको स्वीकृति राखेपले नदिएकोले सो खेल स्थगित गरिएको जानकारी गराउदछौ ।’
यो खेल चैत्र १२ गते हुने तालिका रहेको थियो ।
