बिपिन खत्रीको कप्तानीमा गण्डकीको पीएम कप टोलीको घोषणा

पोखरा स्पोर्ट्स । प्रधानमन्त्री कप (पीएम कप) पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता २०२६ का लागि गण्डकी प्रदेश टोली घोषणा गरिएको छ । पाँच दिनसम्म पोखरामा सञ्चालन गरिएको क्लोज क्याम्पमा रहेका २७ जना खेलाडीबाट अन्तिम टोली सार्वजनिक गरिएको हो । टोलीको कप्तानी बिपिन खत्रीले सम्हालने छन् ।

घोषित टोलीमा अर्जुन कुमाल, सुभाष भण्डारी, अपराजित पौडेल, मुस्कान थापा, सिब्रिन श्रेष्ठ, वंश क्षेत्री, दिनेश मगर, सन्देश पन्थी, गौरव बीके, कृष्ण पौडेल, अंकित न्यौपाने, बिशो कर्की, दीपक डुम्रे (विकेटकिपर) र कमल परियार रहेका छन् ।

टोलीका प्रशिक्षकमा रिजन प्रजु, व्यवस्थापकमा प्रकाश पौडेल र विश्लेषकमा दिवाकर थापा रहेका छन् । सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन गरिएको प्रतियोगितामा गण्डकीले आफ्ना तीन खेल काठमाण्डौमा खेल्नेछ भने बाँकी अन्य खेल पर्सामा खेल्ने तालिका रहेको छ ।

गण्डकी प्रदेशले प्रतियोगिताको पहिलो खेल चैत ११ गते काठमाडौंको मुलपानी मैदानमा खेल्नेछ । त्यसपछि चैत १३ मा नेपाल आर्मीसँग र चैत १५ मा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

यस्तै, टोलीले चैत्र १८ गते पर्सामा सुदूरपश्चिमसँग खेल्नेछ भने चैत्र २१ गते कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि चैत्र २४ गते मधेश, चैत्र २९ गते लुम्बिनी र वैशाख १ गते कर्णाली प्रदेशसँग खेल्दै आफ्नो लिग चरण पूरा गर्नेछ ।

गण्डकी प्रदेशले यसपटक सशक्त प्रदर्शन गर्ने लक्ष्यसहित अनुभवी र युवा खेलाडीको संयोजनमा टोली तयार पारेको प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले दाबी गरेका छन् । आठौं सस्करणको प्रतियोगिता सुरू भइसकेको छ । गण्डकीले एकदिवशिय क्रिकेटमा अपेक्षाकृत रुपमा उत्कृष्ट प्रदर्शन भने गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close