
पोखरा स्पोर्ट्स । आठौं संस्करणको प्रधानमन्त्री कप (पीएम कप) का पहिलो दिनका दुवै खेल बर्षाले रद्ध भएका छन् ।
आज पहिलो दिन कोशी र मधेश प्रदेश जनकपुरमा खेल्ने छन् भने लुम्बिनी प्रदेश र कर्णाली प्रदेश पर्सामा खेल्ने तालिका रहेको थियो ।
बर्षका कारण दुवै खेल हुन नसकेपछि खेल रद्ध भएको क्यानले जानकारी दिएको छ ।
अब भोली पीएम कपमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच तल्लो मुलपानी मैदानमा तथा बागमती प्रदेश र एपीएफविरुद्ध माथिल्लो मुलपानी मैदानमा हुने तालिका रहेको छ ।
