भारत १८९ रनमा अलआउट, अफ्रीकाविरुद्ध ३० रनको अग्रता

पोखरा स्पोर्ट्स /   भारत दक्षिण अफ्रीकाविरुद्धको पहिलो टेस्टको पहिलो इनिंगमा ३० रनको अग्रता लिएको छ ।

टेस्टको दोस्रो दिन भारत १८९ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाविरुद्ध पहिलो इनिंगमा ३० रनको अग्रता लिएको हो ।

भारतका कप्तान शुभमन गिल ४ रन बनाएर रिटायर हर्ट भएका थिए भने भारतका लागि केएल राहुलले सर्बाधिक ३९ रन बनाएका थिए ।

त्यस्तै वाशिंटन सुन्दरले २९ तथा ऋषव पन्त र रविन्द्र जडेजाले २७-२७ रन बनाएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका बलर सिमोन हार्मरले सर्बाधिक ४ विकेट लिए भने मार्को जानसेनले ३ विकेट लिएका थिए ।

यस अघि दक्षिण अफ्रीका पहिलो इनिंगमा १५९ रन बनाएर अलआउट भएको थियो ।

अब दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close