
पोखरा स्पोर्ट्स । इरानले स्वदेश फर्किने महिला फुटबल खेलाडीहरूको स्वागत गरिने जनाएको छ । संसदका सभामुख मोहम्मद बाकर कालीबाफले उनीहरूलाई जनताले सम्मानपूर्वक स्वागत गर्ने बताएका हुन् ।
अष्ट्रेलियामा भएको एक खेलका क्रममा इरानको राष्ट्रगान गाउन अस्वीकार गरेपछि ती खेलाडी विवादमा परेका थिए । त्यसपछि उनीहरूलाई देशद्रोहीको आरोप समेत लगाइएको थियो ।
उक्त घटनापछि टोलीका ६ खेलाडी र एक सहयोगी सदस्यले अष्ट्रेलियामै शरण लिने निर्णय गरेका थिए । तर पछि उनीहरूमध्ये पाँच जनाले आफ्नो निर्णय परिवर्तन गर्दै इरान फर्किने निर्णय गरेका हुन् ।
सभामुख कालीबाफले सामाजिक सञ्जालमार्फत ती खेलाडीलाई देशका प्रिय छोरीहरू भन्दै स्वागत गरिने बताएका छन् । उनले विदेशी दबाब र प्रलोभनका बाबजुद खेलाडीहरूले हिम्मत नहारेको उल्लेख गर्दै अब उनीहरू गर्वका साथ स्वदेश फर्किने बताएका छन् ।
