पीएम कप गण्डकी प्रदेश: पहिलो चरणमा २७ खेलाडी क्लोज क्याम्पमा

पोखरा स्पोर्ट्स । प्रधानमन्त्री कप (पीएम कप) पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेश टिम चयनका लागि २७ खेलाडी क्लोज क्याम्पमा छनोट भएका छन् ।

प्रदेशस्तरीय टिमको अन्तिम छनोट अघि खेलाडीहरूको प्रदर्शन मूल्याङ्कन गर्न क्लोज क्याम्प सञ्चालन गरिने प्रादेशिक क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिएका छन ।

छनोट भएका खेलाडीहरूमा मुस्कान थापा, अर्जुन कुमाल, करण पंगेनी, भास क्षेत्री, समीर कँडेल, दीपक डुम्रे, अराश तामाङ, सन्देश पन्थी, दिनेश बि. मगर, अभिषेक थापा, रोहित चन्द, गौरव बि.के., अनिश गुरुङ, सिब्रिन श्रेष्ठ, विपिन खत्री, अपराजित पौडेल, कमल परियार (केडी), कृष्ण पौडेल, अंकित न्यौपाने, मनीष गैरे, रमेश साह, सुभाष भण्डारी, विश्वास पराजुली, किरण भट्टराई, बिश्व कार्की, तुल्सीराम भण्डारी र रोशन गौतम रहेका छन् ।

छनोट भएका सबै खेलाडीलाई बधाई दिँदै क्लोज क्याम्पमा उत्कृष्ट प्रदर्शन गरी अन्तिम टिममा स्थान बनाउन सफलताको शुभकामना व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close