जी.एम कप राष्ट्रिय भलिबलमा आर्मीलाई हराउँदै गण्डकीले जित्यो उपाधी

पोखरा स्पोर्ट्स । नवलपुरको कावासोतीमा सम्पन्न जी.एम कप राष्ट्रिय पुरुष भलिबलमा विभागिय टोली नेपाल आर्मी क्लबलाई फाइनलमा ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी भलिबल टिमले उपाधी जितेको छ ।

मंगलबार सम्पन्न फाइनलमा गण्डकीले २५–२१, २५–१३ र २५–२३ ले फाइनलमा आर्मीलाई पराजित गरेको हो । यस्तै प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लब अर्को विभागिय टोली नेपाल पुलिस क्लब संग ३–० को सोझो सेटमा पराजित भएको छ ।

उपाधि विजेता गण्डकीले नगद ३ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता आर्मीले नगद २ लाख, तेस्रो स्थान प्राप्त गरेको नेपाल पुलिस क्लबले नगद रु १ लाख र चौथो भएको एपिएफ क्लबले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।

सम्पन्न प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिमका कप्तान सञ्जुविक्रम शाह सर्वोत्कृष्ट खेलाडी बने । उनले ट्रफीसहित नगद १० हजार प्राप्त गरे ।

त्यस्तै अन्य विद्यामा आर्मीका सरण सामरी उत्कृष्ट सर्भर, पुलिस क्लबका पहल गहतराज उत्कृष्ट स्पाइकर, आर्मीका सनोज चौधरी उत्कृष्ट बल्कर घोषित भए भने गण्डकी टोलीका सदस्यहरु विवश आले उत्कृष्ट सेटर, राजन दर्लामी मगर उत्कृष्ट डिफेन्डर र किरण गुरौ उत्कृष्ट प्रशिक्षक बने ।

जी.एम सोसाइटी र नवलपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको प्रवर्द्धक प्रदेश खेलकुद परिषद् गण्डकी रहेको थियो । प्रतियोगितामा सात प्रदेश र तीन विभागिय टोली गरी १० टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close