साहुखल र घिमिरेलाई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी

पोखरा स्पोर्ट्स ।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी बालगोपाल साहुखल र चेतकुमार घिमिरेले दिएको छ । 

मंगलबार एन्फाका महासचिव किरण राईले साहुखल र घिमिरेलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको पत्र हस्तान्तरण गरेका हुन्  । 

त्यस्तै टिम व्यवस्थापकमा मदनलाल श्रेष्ठ, सहायक व्यवस्थापक राजीवकुमार यादव र ‘पर्फमेन्स एनालिस्ट’ को जिम्मेवारी पंकज शाहीलाई दिइएको एन्फाले जनाएको छ । 

नेपाल र हङकङबीच हुने मैत्रीपूर्ण खेलका लागि उनीहरुलाई जिम्मेद्वारी दिइएको एन्फाले बताएको छ । हाल यो खेलका लागि प्रमुख प्रशिक्षक गुल्लिएल्मो एरेनाको प्रशिक्षणमा ४९ जना खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

नेपालले  हङकङसँग मार्च २६ मा दशरथ रंगशालामा हङकङ चाइनाविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close