
पोखरा, पर्यटन प्रर्वद्धन संगै स्की खेलको विकास गर्न हिमाली जिल्ला मुस्ताङको मुक्तिक्षेत्रमा तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीप भएको छ ।
सम्पन्न खेलमा क्रस कन्टी बिधातर्फ महिला खेलाडी सुजता नामपुर च्याम्पियन भईन् भने ईशा तामाङ दोश्रो भईन् । यसका अतिरिक्त क्रस कन्टीमा थुप्तेन लामा र चिनार तामाङ तेश्रो र चौथो भए । यस्तै, स्नो बोडिङ स्कीतर्फ बिशाल तामाङ प्रथम, नविन तामाङ दोश्रो र छिरिङ तामाङ तेश्रो भए ।

अल्पाईन स्कीतर्फ सिनियर र जुनियर गरी दुई समुहमा पुरुष र महिलाबीच अलग–अलग प्रतिस्पर्धा भएका थिए । स्कीको सिनियर पुरुष तर्फ साहसराम श्रेष्ठ प्रथम, सुकदेव थापा र प्रगुन महर्जन तेश्रो भए । महिला सिनियर अल्पाईन तर्फ गौरीमाया तामाङ प्रथम, संगिता लामा दोश्रो र लक्ष्मी राई तेश्रो भईन् । अप्लाईन स्कीको जुनियर पुरुष तर्फ सागर तमाङ प्रथम, उमङ्ग रञ्जित दोश्रो र किरण रञ्जित तेश्रो भए । महिला तर्फ लाक्पा डोल्मा शेर्पा प्रथम, आरसी महर्जन दोश्रो र उजला मुनिकार तेश्रो भईन् ।

स्कीका तिन वटै बिधाका च्याम्पियन तथा बिजेता टोलीलाई ओलम्पिक कमिटी तथा स्की संघका अध्यक्ष एवं संघिय सांसद जिवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, प्रदेश सांसद महेन्द्रबहादुर थकाली लगायतले संयुक्त रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
नेपाल स्की संघले आयोजना गरेको स्की च्याम्पियनसीपमा ४ जिल्लाका कुल ३३ खेलाडीले सहभागीता जनाएका थिए ।

