होलीमय हुँदै पोखरा रंगशाला, ठेलो सहित विविध खेलकुद हुने

पोखरा स्पोर्टस । मित्रताको पर्वको रुपमा मनाइने होली पर्वको अवसरमा चैत ३ गते पोखरा रंगशाला होलीमय हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को वार्षिक कार्यक्रम अनुसार वर्षको एक दिन खेलाडीहरुलाई सामुहिक रुपमा मनोरञ्जन प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो । पश्चिमाञ्चल क्षेत्रिय खेलकुदको आयोजनामा हुने होली पर्वलाई खेलाडीहरुमा उत्साह जगाउन कार्यक्रम तय गरिएको राखेप सदस्य राजेश कुमार गुरुङले बताएका छन् ।

उक्त कार्यक्रममा परम्परागत महिला तथा पुरुष ठेलो, महिला तथा पुरुष सामुहिक तथा एकल नृत्य, लिङ्गो चढने प्रतियोगिता, महिला खेलाडीहरुका लागि म्यूजिकल चियर, बेलुन फुटाउने, खेलकुद संघहरुका विच डोरी तान प्रतियोगिता तय गरिएको क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । त्यसै गरी खेलकुद संघ र पर्यटन व्यवसायी विच भलिवल प्रतियोगिता हुनेछ ।

उक्त प्रतियोगितामा विजेताहरुलाई विशेष नगद सहित पुरस्कृत गरिने भएको लेखा प्रमुख डिवी नेपालीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close