रोहित चन्दको शतकमा कास्कीको शानदार सुरुआत, बागलुङ २५४ रनले पराजित

पोखरा स्पोर्ट्स । प्रधानमन्त्री कप (पीएम कप) गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताको उद्घाटन खेलमा रोहित चन्दको उत्कृष्ट शतकको मद्दतले कास्कीले बागलुङलाई २५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

पोखरा रंगशालामा टस जितेर बागलुङले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३२६ रनको विशाल योगफल खडा गर्‍यो । टोलीका लागि रोहित चन्दले १३० बलमा १२ चौका र ६ छक्काको सहयोगमा १३१ रनको उत्कृष्ट पारी खेले ।

उनलाई मुस्कान थापाले ९१ बलमा ११ चौका र ३ छक्कासहित ९३ रन बनाएर बलियो साथ दिए ।

यस्तै अर्जुन कुमालले ३२ रन बनाए भने सफल श्रेष्ठ १६ रन र कृष्ण पौडेल २१ रनमा अविजित रहँदै टोलीलाई मजबुत स्कोरसम्म पुर्‍याए।

बागलुङका लागि अश्विन थापाले २ विकेट लिए भने कुशल खड्का र विश्वो कार्कीले समान १–१ विकेट लिए ।

३२७ रनको विशाल लक्ष्य पछ्याएको बागलुङ टोली भने गण्डकीका बलर सामु टिक्न सकेन । बागलुङ २३.२ ओभरमा ७२ रनमै अलआउट भयो । टोलीका लागि आरस तामाङले २३ रन बनाउँदै सर्वाधिक रन जोडे ।

गण्डकीका लागि विश्वास पराजुलीले ४ विकेट लिए भने सुबास भण्डारी र बिपिन खत्रीले समान २–२ विकेट लिए ।

यस जितसँगै गण्डकी प्रदेश टोलीले प्रतियोगितामा शानदार सुरुआत गर्दै उद्घाटन खेलमै २५४ रनको फराकिलो जित दर्ता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close