
पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले प्रधानमन्त्री कप गण्डकी प्रदेश पुरुष एकदिवसीय छनोट प्रतियोगिताले प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडीहरूलाई राष्ट्रिय स्तरमा पुग्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताएका छन् ।
प्रादेशिक क्रिकेट संघ गण्डकीद्वारा विहिबार आयोजना गरिएको प्रधानमन्त्री कप गण्डकी प्रदेश पुरुष एक दिवसीय छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उनले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई अनुशासन, एकता, स्वास्थ्य र राष्ट्रिय गौरवसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताएका हुन् । मन्त्री थापाले क्रिकेट आज नेपाली युवाहरूको सबैभन्दा लोकप्रिय खेलको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यसले युवाहरूमा ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
उनले यस्ता प्रतियोगिताहरूले प्रदेशभित्र रहेका प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय टिमसम्म पुग्ने आधार तयार गर्ने बताए । गण्डकी प्रदेशमा रहेका प्रतिभाशाली खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरसम्म पु¥याउन यस प्रकारका छनोट प्रतियोगिताहरू अत्यन्त आवश्यक रहेको भनाई उनको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीद्वारा बिहीबार आयोजित प्रधानमन्त्री कप गण्डकी प्रदेश पुरुष एकदिवसीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री थापाले खेलकुद केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई अनुशासन, एकता, स्वास्थ्य र राष्ट्रिय गौरवसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे। उनले क्रिकेट अहिले नेपाली युवामाझ सबैभन्दा लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको बताउँदै यसले युवामा ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
मन्त्री थापाका अनुसार यस्ता प्रतियोगिताले प्रदेशभित्र रहेका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनुका साथै राष्ट्रिय टोलीसम्म पुग्ने आधार तयार पार्ने भएकोले गण्डकी प्रदेशका खेलाडीहरूको पहिचान गरी उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्याउन यस्ता छनोट प्रतियोगिताहरू आवश्यक रहेको उनले बताए ।
मन्त्री थापाले गण्डकी प्रदेश सरकार खेलकुद क्षेत्रको विकास, खेल पूर्वाधार विस्तार, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवर्द्धनमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । उनले प्रदेश सरकार खेलाडी र खेलकुद विकासका लागि ‘ब्याकबोन’का रूपमा उभिएको उल्लेख गर्दै विभिन्न स्थानमा खेल मैदान निर्माण, प्रशिक्षण कार्यक्रम सञ्चालन तथा प्रतियोगिता आयोजना गरी युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने प्रयास भइरहेको बताए ।
कार्यक्रममा गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले क्रिकेटको विकासका लागि संघ सक्रिय रूपमा लागिरहेको बताए । नेपाली क्रिकेट टोली विश्वकपसम्म पुग्नु सुखद उपलब्धि भएको उल्लेख गर्दै उनले क्रिकेटको थप विकासका लागि सरकारले बजेट व्यवस्थापन गर्न सके भविष्य अझ उज्ज्वल हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष सिग्देलका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिता चैत ३ गतेसम्म सञ्चालन हुनेछ।
