
पोखरा स्पोर्ट्स । टी-२० विश्व कप जितेका भारतीय क्रिकेटर शिवम दुबे अहिले रेलमा चढेका कारण चर्चामा रहेका छन् ।
अहमदावादमा भएको फाइनलपछि दुवे अहमदाबादबाट मुम्बई रेलमार्फत गुपचुप रूपमा मुम्बई पुगेको विषय अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ । उनले सायाजी एक्सप्रेसको एसी-३ कोचको अपर बर्थमा कसैले नाचिनुन भनेर लुकेर यात्रा गरेका थिए ।
यात्राका क्रममा टिकट चेक गर्न टीटीले नाम सोध गर्दा उनकी पत्नी अन्जुमले तुरुन्तै उत्तर दिई दुबेको पहिचान लुकाएकी थिइन् ।
अहमदाबादको नरेंद्र मोदी स्टेडियममा फाइनल जितेपछि दुबे सोमवार बिहान करिब ५: १० बजे रेलबाट मुम्बईका लागि प्रस्थान गरेका थिए । उनले आफ्नो परिचय लुकाउन क्याप, मास्क र फुल स्लीभ टी-शर्ट लगाएका थिए । ट्रेनमा पुग्दा उनले एसी–३ कोचको ऊपर बर्थमा सुतेर रेलवे कम्बल ओढेका थिए । करिब आठ घण्टाको यो यात्रापछि बोरीवली स्टेशनमा पुग्दा भिडभाडको चिन्ता भएपछि दुबेले प्रहरीको सहयोग लिएर सुरक्षित रूपमा स्टेशन छोडेको बताइएको छ ।
उनी छिटो मुम्बई जानु पर्ने भएको र फ्लाइटको टिकट नपाएपछि रेलको यात्रा गरेको बताइएको छ ।
टी-२० वर्ल्ड कपमा दुबेले फिनिशरको भूमिका निर्वाह गर्दै २३५ रन बनाएका थिए । फाइनलमा पनि उनले अन्तिम ओभरमा ३ चौका र २ छक्का लगाएर भारतको स्कोर २५० पार पुर्याउन महत्वपूर्ण योगदान दिएका थिए ।