
पोखरा स्पोर्ट्स । युइएफए च्याम्पियन्स लिगको नकआउट चरण (राउण्ड १६) का खेल शुरु भएका छन् । गएराती सम्पन्न पहिलो लिगका खेलमा बायर्न म्युनिख एटलेटिको म्याड्रिडले शानदार जित हासिल गरेका छन् भने बार्सिलोना बराबरीमा रोकिएको छ । त्यस्तै लिभरपुल भने पराजित भएको छ ।
पहिलो लिगको खेलमा बायर्न म्युनिखले इटालियन क्लब एटलान्टालाई ६-१ गोल अन्तरले पराजित गरेको छ । बायर्नको जितमा माइकल ओलीसले २ गोल गरेका थिए भने जोसिप स्टानिसिक, सर्ज ग्नाबेरी, निकोलस क्याक्सन र जामल मुसियालाले एक एक गोल गरेका थिए । त्यस्तै एटलान्टाका लागि मारियो पासालिकले एक एक गोल गरेका थिए ।
त्यस्तै अर्को खेलमा एटलेटिको म्याड्रिडले टोटनह्यामलाई ५-२ गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामका लागि जुलियन अल्भारेजले २ गोल गरे भने मार्कोस लिओरेन्ट, एन्टोनी ग्रीजम्यान र रोबिन नोरमाण्डले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि पेड्रो पोरो र डोमिनिक सोलान्केले एक एक गोल गरेका थिए ।
त्यसैगरी अर्को खेलमा बार्सिलोना र न्यूक्यासल युनाइटेड भने १-१ गोलको बराबरी खेलेका छन् । खेलको ८६औं मिनेटमा न्यूक्यासलले हार्भी बार्नेजको गोलमा अग्रता लिए पनि खेलको इन्जुरी समय पछि ९६औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीलाई लामिन यमलले गोल गर्दै बार्सिलोनालाई हारबाट बचाएका थिए ।
त्यस्तै गएराती नै भएको अर्को खेलमा लिभरपुल टर्कीको क्लब गालाटासारेसँग १-० गोल अन्तरले पराजित भएको छ । गालाटासारेको जितमा खेलको सातौं मिनेटमा मारियो लेमिनाले गरेको गोल नै खेलको निर्णायक गोल भएको थियो ।
अब राउण्ड १६ का दोस्रो लिगका खेल मार्च १८ मा हुने तालिका रहेको छ ।
