सहारा युकेको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित

पोखरा स्पोर्टस । सहारा क्लव पोखराको भातृ संस्था सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित भएका छन् । शनिबार युकेमा आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति छनोट भएको हो ।

कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्याप्टेन पिताम्बर गुरुङ, सचिवमा मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ चयन भएका छन् ।

यसै गरि सीईओमा मेग गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय चयन भएको निर्वाचन समितिले जनाएको छ ।

संस्थाको कार्यसमिति सदस्यमा मनोज गुरुङ, मिलन तमु गुरुङ, सुधा गुरुङ, दल गुरुङ, देव गुरुङ, गम गुरुङ, दीपक (राजु) गुरुङ, सविन्द्रकुमार गुरुङ (एसके), अमृत गुरुङ र अजयजंग थापा छन् ।

हरि श्रेष्ठ निर्वाचन प्रमुख रहेको तीन सदस्यीय निर्वाचन समितिमा तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ र वर्तमान उपाध्यक्ष कमल गुरुङ सदस्य थिए ।

यस अघि अध्यक्ष ले.रि. कुसाङ गुरुङको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

साधारणसभामा उपाध्यक्ष कृष्ण गुरुङ, महासचिव मनोज गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, सहकोषाध्यक्ष जगन गुरुङ, सहारा एफसीले वार्षिक एवं कायक्रमको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा आदर्श तमु अवार्ड समेत प्राप्त संस्थाका आजीवन सदस्य सेरा गुरुङ र गमबहादुर गुरुङलाई साधारणसभामा बधाई ज्ञापन गरिनुका साथै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूकेबाट पुरस्कृत सहारा यूकेका कार्यसमिति सदस्य एवं फोटो पत्रकार मिलन तमुलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष गुरुङको जन्म थलो भने स्याङजा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close