
पोखरा स्पोर्ट्स । भारतमा जारी टि२० विश्वकप फाइनलमा भारतले न्यूजील्याण्डलाई २५६ रनको लक्ष्य दिएको छ । टस हारेर पारीको सुरूपात गर्दै भारतले ५ विकेटको क्षतीमा २५५ रन बनाएको हो ।
पुरै २० ओभर खेलेको भारतका लागि सन्जु सामसनले सर्बाधिक ८९ रन बनाएका थिए भने इशान किसनले ५४ रन बनाएका थिए । त्यस्तै अभिषेक शर्माले ५२ र शिभम दुबेले अविजित २६ रन बनाए भने हार्दिक पाण्डेयले १८ रन बनाएका थिए ।
त्यस्तै न्यूजील्याण्डका बलर जेम्स निशामले ३ विकेट लिए भने माट हेनरी र रचिन रविन्द्रले एक एक विकेट लिएका थिए ।
