न्यूजील्याण्ड टी-२० विश्वकपको फाइनलमा

पोखरा स्पोर्ट्स । दक्षिण अफ्रिकालाई हराउदै न्यूजील्याण्ड जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ । विश्वकपको पहिलो सेमिफाइनलमा न्यूजील्याण्डले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेको हो । 

दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १२.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

न्यूजील्याण्डका लागि फिन एलनले ३३ बलमा अविजित १०० रन बनाएका थिए । त्यस्तै टिम सेइफर्टले ५८ र रचिन रविन्द्रले अविजित १३ रन बनाएका थिए ।   

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो । दक्षिण अफ्रीकाका लागि मार्को जानसेनले अविजित ५५ रन बनाएका थिए भने डेवाल्ड ब्रेभिसले ३४, ट्रीस्टान स्टब्सले २९ रन बनाएका थिए ।

त्यस्तै न्यूजील्याण्डका बलर माट हेनरी, कोल म्याककोनचीई र रचिन रविन्द्रले २-२ विकेट लिएका थिए भने लुकी फर्गुसन र जिम्मी निशामले एक एक विकेट लिएका थिए ।

योजितसँगै न्यूजील्याण्ड दोस्रो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ । यसअघि २०२१ मा फाइनलमा पुगेर अस्ट्रेलियासँग पराजित भएको थियो । त्यस्तै २०२४ को उपविजेता रहेको दक्षिण अफ्रीकाको भने यो हारसँगै विश्वकपको यात्रा टुंगिएको छ । 

अब न्यूजील्याण्डले दोस्रो सेमिफाइनलको भारत र इङल्याण्डबीचको विजेतासँग आइतबार खेल्ने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close