नेपाल, ओमान र यूएईबीच हुने विश्व क्रिकेट लिग-२ अन्तर्गतको सिरिज स्थगित

पोखरा स्पोर्ट्स । आइसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने सिरिज स्थगित भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले मध्यपूर्वमा भएको तनावका कारण फागुन २६ गतेदेखि चैत्र ६ गतेसम्म टियू क्रिकेट मैदानमा हुने सिरिज अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।

क्यानले सिरिजको अर्को मिति पछि सार्बजनिक गरिने बताएको छ ।

यस सिरिजमा तिनै देशले एक आपसमा २-२ खेल खेल्ने तालिका रहेको थियो । हाल नेपाल आइसीसी विश्व क्रिकेट लिग-२ मा २० खेलमा ५ जित १३ हजार र २ खेल रद्ध हुदा १२ अंकसहित स्थानमा स्थानमा रहेको छ ।

त्यस्तै ओमानको २० खेलमा २४ अंक रहेको छ र चौथो स्थानमा छ भने युएईको २० खेलमा १० अंकसहित पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close