
पोखरा स्पोर्ट्स । पाकिस्तान टी-२० विश्वकपबाट बाहिरिएको छ । सुपर आठ अन्तर्गतको खेलमा श्रीलंकालाई १४७ रनमा रोक्न नसकेपछि पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको हो ।
सुपर आठको आफ्नो अन्तिम खेलमा २१३ रनको लक्ष्य दिएपछि पाकिस्तानले रनरेटमा न्यूजील्याण्डलाई जित्न यो खेलमा १४७ रन भित्र रोकेर श्रीलंकालाई जित्नुपर्ने थियो ।
योसँगै समुह २ बाट न्यूजील्याण्ड सेमिफाइनलमा पुगेको छ । यस समुहबाट इङल्याण्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
त्यस्तै समुह १ बाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको छ भने सेमिफाइनलमा पुग्ने चौथो टिमको टुंगो आइतबार हुने खेलबाट लाग्ने भएको छ ।
