सदस्य सचिब सिलवाललाई कुराँस संघको बधाइ

पोखरा, १२ साउन । नेपाल कुराँस संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रमेशकुमार सिलवाललाई कार्यकाल पूर्ण सफलताका लागि बधाइ दिएका छन् ।

त्रिपुरेश्वरस्थित सदस्य–सचिव सिलवालकै कार्यकक्षमा आइतबार भेट गरी कुराँस संघका अध्यक्ष ध्रुवराज न्यौपाने, महासचिव प्रतीक्षा खरेललगायतका पदाधिकारीले सदस्य–सचिव सिलवाललाई खादा लगाइ शुभकामनासहित बधाइ दिएका थिए ।

सो अवसरमा सदस्य–सचिव सिलवालले संघको गतिविधि बारे जानकारी लिएका थिए भने अध्यक्ष न्यौपानेले संघको अवस्था बारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close