
पोखरा स्पोर्ट्स । इङल्याण्डले न्यूजील्याण्डलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा इङल्याण्डले न्यूजील्याण्डलाई ४ विकेटले पराजित गरेको हो ।
न्यूजील्याण्डले दिएको १६० रनको लक्ष्य पछाएको इङल्याण्डले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १५९ रन बनाएको थियो ।
यो जितसँगै इङल्याण्डले सुपर आठका तिनै खेल जितेर सेमिफाइनल खेल्ने भएको छ । त्यस्तै हारपछि न्यूजील्याण्डको सेमिफाइनलको दौड भने संकटमा परेको छ । न्यूजील्याण्डले तिनै खेलमा एक जित एक हार र एक खेल रद्धसहित ३ अंक रहेको छ र १.३९० रनरेटका साथ दोस्रो स्थानमा रहेको छ ।
न्यूजील्याण्डको यो हारपछि पाकिस्तानको सेमिफाइनलको सम्भावना कायम रहेको छ । अब पाकिस्तानले शनिबार हुने श्रीलंकाविरुद्ध खेल कम्तिमा ६४ रन अन्तरको जित वा पाएको लक्ष्य १३. १ ओभर भित्र पुरा गरेमा सेमिफाइनलमा पुग्ने छ ।