च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सम्पन्न

पोखरा स्पोर्ट्स । युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सम्पन्न भएको छ ।

शुक्रबार भएको ड्र अनुसार रियल म्याड्रिडले म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ । त्यस्तै राउण्ड १६ मा पिएसजीले चेल्सीको सामना गर्ने भएको छ भने स्पोर्टिंग सिपिले बोडो-ग्लिम्टको सामना गर्ने छ । त्यस्तै लिभरपुलले गालाटासारेको सामना गर्ने छ भने न्यूक्यासलले बार्सिलोनाको सामना गर्ने भएको छ ।

त्यस्तै एटलेटिको म्याड्रिडले टोटनह्यामको सामना गर्ने छ भने आर्सनलले बायार लिभरकुसेनको सामना गर्ने भएको छ । त्यसैगरी एटलान्टा र बायर्न म्युनिखको सामना गर्ने भएको छ ।

अब राउण्ड १६ का खेलहरु पहिलो लिग मार्च १० र ११ तथा दोस्रो लिग मार्च १७ र १८ मा हुने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close