वेस्ट इन्डिजलाई हराउदै दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनल नजिक

पोखरा स्पोर्ट्स ।   दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि शानदार जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले १६.१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले अविजित ८२, क्वेंटन डिककले ४७ र रयान रिकेलटनले ४५ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका रोस्टन चेजले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि रोमारियो शेफर्डले अविजित ५२ रन बनाए भने जासन होल्डले ४९ रन बनाएका थिए ।

यो जितपछि दक्षिण अफ्रिकाले सुपर आठमा लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनलको नजिक पुगेको छ । त्यस्तै वेस्ट इन्डिजले भने यो हार पछि अब अन्तिम खेलमा भारतविरुद्द जित्नैपर्ने अवस्था बनेको छ । त्यस्तै दक्षिण अफ्रिकाले अब आफ्नो अन्तिम खेल जिम्बाबेविरुद्ध खेल्ने छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close