
पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडके एभर्टनमाथि जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा खेलको ७१औं मिनेटमा बेन्जामिन सेस्कोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि म्यानचेस्टर युनाइटेडको २७ खेलमा ४८ अंक भएको छ र लिगमा चौथो स्थानमा कायम रहेको छ । त्यसैगरी एभर्टनको भने २७ खेलमा ३७ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।
