गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी

पोखरा स्पोर्ट्स । पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधी जितेको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कास्कीले बागलुङलाई २४–१५ गोलले पराजित गर्दै उपाधि जित्दा महिलातर्फ कास्कीले बागलुङलाई ९–६ ले फाइनल खेल जित्दै उपाधि जित्यो ।

त्यस्तै सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ पर्वत जिल्ला बन्न सफल भए । प्रतियोगितामा ५ जिल्लाका महिला तथा पुरुष गरी ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी तथा तमु धिं एशोसियसन युकेका उपाध्यक्ष कमल कोने गुरूङ, सहारा क्लब युकेका सल्लाहकार कृष्ण गुरूङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरूङ, सुटिङ संघ गण्डकीका महासचिब पुरन कुँवरलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रममा संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, महासचिब राजेन्द्र पहाडी, कोषाध्यक्ष शान्त सिंह बस्नेत, जिल्ला ह्याण्डबल संघ कास्कीका अध्यक्ष चित्र बहादुर थापा, बागलुङका अध्यक्ष उमेशराज भण्डारीलगायतको सहभागिता रहेको थियो । सो प्रतियोगिता आसन्न दशौं राष्ट्रिय खेलकुदका लागि छनोट प्रतियागिताका रुपमा आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close