अस्ट्रेलिया जारी विश्वकपको आफ्नो अन्तिम खेल विजयी

पोखरा स्पोर्ट्स । अस्ट्रेलियाले जारी टी- २० विश्वकपमा सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको अन्त्य गरेको छ ।

शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गरेर जितका साथ प्रतियोगिताबाट बाहिरिएको छ । क्यान्डीको पल्लेकेले स्टेडियममा पहिले ब्याटिङ गर्दै ओमान १०४ रनमा अलआउट भयो । मिचेल मार्श र ट्राभिस हेडले ९३ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए ।

अस्ट्रेलियाका लागि लेग-स्पिनर एडम जाम्पाले ४ विकेट लिए । ग्लेन म्याक्सवेल र जेभियर बार्टलेटले २-२ विकेट लिए । कप्तान मार्शले अर्धशतक बनाए भने ट्राभिस हेड ३२ रनमा आउट भए। ओमानका लागि वसिम अलीले सर्वाधिक ३२ रन बनाए ।

श्रीलंका र जिम्बाब्वेसँग पराजित भएपछि अस्ट्रेलिया समूह बी बाट बाहिरिएको थियो । टोलीले आयरल्याण्ड र ओमानलाई पराजित गरेको छ, तर यो अर्को चरणमा पुग्न पर्याप्त भने भएन । टोली २००९ पछि पहिलो पटक समूह चरण पार गर्न पनि असफल भयो र अब घर फर्किने भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close