नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्कियो

पोखरा स्पोर्टस ।  नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । स्कटल्याण्डमा आइसीसी पुरुष विश्वकप लिग-२ र त्रिकोणात्मक टी-२० सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आइतबार काठमाडौँ आइपुगेको हो ।

क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

स्कटल्याण्ड भ्रमणमा नेपालले लिग-२ का ४ खेल खेलेको थियो जसमा ३ जित हासिल गरेको थियो भने एक खेल स्कटल्याण्डसँग हारेको थियो ।

त्यस्तै नेपालले टी-२० सिरिजका ४ खेलमा २ जित हासिल गरेको थियो र २ खेलमा हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close