नयाँवर्षकै दिन बैशाख १ गते नुवाकोटको दुप्चेश्वरमा रिङ रेस्लिङ भिडन्त

पोखरा स्पोर्टस । नेपाली नयाँवर्ष २०७९ वैशाख १ गते नुवाकोटको धार्मिकस्थल दुप्चेश्वर महादेव परिसरमा रिङ रेस्लिङको भिडन्त हुने भएको छ ।

कोभिड १९ को महामारीका कारण प्रभावित भएको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने सङ्गै मोफसलमा रिङ रेस्लिङ पुर्‍याउने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले उक्त प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।

शृलखाबद्ध रुपमा आयोजना भैरहेको रिङ रेस्लिङ नुवाकोटमा आरडब्लु समर स्लाम प्रतियोगिता गर्न लागेको संघकी अध्यक्ष सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन् । उक्त प्रतियोगिता पहिलो पटक नुवाकोट जिल्ला खेलकुद संघले १२ लाख बढी बजेटको महत्वकाक्षी प्रतियोगिता आयोजना गर्न लागेको जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतियोगितामा चर्चित ५ विधामा प्रतिस्पर्धा गराइने छ । हेभिवेट विधाको विजेताले ८५ लाख, हार्डकोरतर्फ ७५ हजार, ट्रिपल थ्रेडविजेताले ४५ हजार, ट्याग टिम विजेताले ६० हजार, लाइटवेट (महिला) विजेताले ४० हजार नगद पुरस्कार बेल्ट तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, टुप्पी ग्याङे, जोन, सिजे वल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने आयोजकले जनाएको छ ।

रेफ्री विकास खड्का र सिसम मैनीले प्रतियोगिता संचालन गर्ने कार्यक्रम संचालन चर्चित जीवन तामाङले गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close