आहा! रारा गोल्डकपमा फोटो प्रदर्शनी, मिलन गुरूङ द्वारा २० हजार प्रदान

पोखरा स्पोर्ट्स । २५औं आहा! रारा पोखरा गोल्डकपको अवसरमा पोखरा रंगशालामा शनिबार फोटो प्रदर्शनी गरिएको छ । सहारा क्लब पोखराको सहयोगमा नेपाल फोटो पत्रकार संघ कास्की (एफएनपिजे)ले सो फोटो प्रदर्शनी गरेको हो ।

फोटो प्रदर्शनीमा २०५८ सालमा भएको क्याराभान कप देखि २०८१ मा सम्पन्न २४औं आहा रारा पोखरा गोल्डकप सम्मका विभिन्न ९५ वटा तस्विरहरु प्रदर्शनीमा राखिएको एफएनपिजे कास्कीका अध्यक्ष राम गुरूङले जानकारी दिए ।

सो प्रदर्शनीको मुख्य उद्धेश्य आहा रारा गोल्डकपको विगतको इतिहासलाई युवा खेलप्रेमीहरु बीच जस्ताको तस्तै गरी जानकारी दिने रहेको बताए ।

यसै बीच, फोटो पत्रकार मिलन गुरूङले एफएनपिजे कास्कीले सुरूवात गरेको अक्षयकोषका लागि नगद रु २० हजार हस्तान्तरण गरेका छन् । गोर्खा मिडिया युकेका सञ्चालक समेत रहेका उनले आफु पनि फोटो पत्रकार भएको नाताले यो सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close