
पोखरा । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलदकुद परिषदको सदस्य सचिब बन्न दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले आज एक सूचना प्रकाशित गरि दरखास्त आह्वान गरेको हो । ७ दिनको म्याद दिइएको सूचनामा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको वेवसाइटमा राखिएको सूचनामा सदस्य सचिब नियुक्तिका लागि ऐनको दफा १७ को उपदफा (२) बमोजिम योग्यता पुगेका उम्मेदवारले ७ दिन भित्र आवेदन सहित संक्षिप्त कार्य योजना पेश गर्न भनिएको छ ।

हालै प्रमाणिकरण भई कार्यान्वयनमा आएको खेलकुद विकास ऐन २०७७ वमोजिम राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिब बन्न ३० वर्ष उमेर भएको, स्नातक तह उर्तिण संङ्गै खेलकुदमा कम्तिमा ५ वर्ष अनुभव भएको हुनुपर्नेछ ।
नयाँ विधेयकले भने हालको सदस्य सचिबको अधिकारलाई कटौती गरेको छ । सदस्य सचिबको अधिकार सात सदस्यिय कार्यकारी अधिकारी सहितको समितीले गर्नेछ ।
सदस्य सचिब छनोटका लागि युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयका सचिब राम प्रसाद थपलियाको संयोजकत्वमा तिन सदस्यि छनोट समिती गठन गरेको छ । समितीको सदस्यमा राखेपकी निवर्तमान वोर्ड सदस्य इन्दिरा निरौला र राखेपमा कर्मचारीको रुपमा रहेर लामो अुनभव बटुलेका रिम बहादुर रानाभाट रहेका छन । रानाभाट हालै सेवा निर्वित भएका हुन । उनी १३ औं दक्षिण एशियाली खेलकुदमा सहायक सेफ दि मिसनको भुमिकामा समेत रहेका थिए ।
छनोट समितीले राखेप सदस्य सचिब छनोटको कार्यविधी समेत तयार गरि दरखास्त आह्वान गरिएको सदस्य रानाभाटले जनाएका छन ।
