वेस्ट इन्डिज क्रिकेटर निकोलसले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

पोखरा स्पोर्टस । वेस्टइन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

२९ बर्षिय पुरनले अन्तर्राष्ट्रिय क्रिकेटलाई अल बिदा गरेको वेस्ट इन्डिज क्रिकेट बोर्डले जानकारी दिएको छ । ट्रिनिडाडका पूरनले वेस्टइन्डिजका लागि सबैभन्दा बढी १०६ टी–२० खेल खेलेका छन् ।

पुरनले फ्रेन्चाईजी क्रिकेटमा आफ्नो ध्यान केन्द्रित गर्न राष्ट्रिय टिमबाट सन्यास लिएको बताइएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले पूरनका उपलब्धिहरूको सम्मान गर्दै उनको योगदानका लागि धन्यवाद दिएको छ ।

पुरन आइपिएल टिम लखनउ सुपर जाइन्टसहित मेजर लिग क्रिकेट एमएलसीमा एमआई न्यूयोर्क, सिपिएलमा ट्रीनिडाड एण्ड टोबागो जस्ता फ्रेन्चाईजीबाट खेलिरहेका छन् ।

उनले पछिल्लो पटक सन् २०२४ को डिसेम्बरमा बंगलादेशविरूद्ध टी२० खेलेका थिए । तर जुलाई २०२३ यता एकदिवसीय एकदिवसीय खेल खेलेका छैनन् भने टेस्ट क्रिकेट भने खेलेकै छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close