
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन ५० दिन बाँकी हुँदा राष्ट्रिय खेलकुद परिषदले तयारीबारे जानकारी गराएको छ ।
राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमार्फत राखेपका सदस्य सचिव टंकलाल घिसिङले तयारी बारे जानकारी गराएका हुन् । सदस्य सचिव घिसिङद्वारा जारी विज्ञप्तीमा विभिन्न उपसमितिले तिव्ररुपमा काम गरिरहेको दावी गरेका छन् । असोजको १५ गते भित्र सम्पूर्ण तयारी पुरा गर्ने गरि लक्ष्यका साथ काम भईरहेको सदस्य सचिव घिसिङले बताएका छन् ।
नवौं राष्ट्रिय सम्पन्न गर्न विभिन्न उपसमितिहरुको बैठकका साथै नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका संयोजक, गण्डकी प्रदेशका मुख्य मन्त्री, पोखरा महानगरपालिकाका मेयर, गण्डकी प्रदेश प्रहरी प्रमुख डि.आई.जी. सहितको वृहत बैठक सम्पन्न भएको राखेपले जनाएको छ ।
राखेपले भदौ २४ गते देखि २४ गते देखि पो्खरा रंगशालामा मास पीटीको अभ्यास सुरु हुने जनाउँदै ३६ खेलका लागि महिला ३३५, पुरुष ३७४ जना गरी प्रत्येक टिमबाट ७०९ जना र ११ टिमका कुल ७ हजार ७ सय ७९ जना खेलाडीहरुले सहभागिता जनाउने बताएको छ । जस मध्ये महिला ३ हजार ६ सय ८५ र पुरुष ४ हजार १ सय १४ खेलाडीहरु पोखरा आउनेछन् ।
नवौं राष्ट्रिय खेलकुदका लागि कुल ६० करोड बजेट विनियोजित भएको मध्ये पहिलो चरणको १० करोड प्राप्त भइसकेको बताउँदै राखेपले नवौं सम्पन्न गर्न गठि १३ वटा विभिन्न उपसमितिहरुले पूर्णता पाइसकेको जनाएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरामा चार दशकको अन्तरालमा हुन लागेको नवौं संस्करणको राष्ट्रिय खेलकुदका लागि भने राखेपले कुनै नयाँ पूर्वाधारहरु निर्माण नर्गने भएको छ । पोखरामा अत्याधिक माग भएको पौडी पोखरी, शुटिङ हललगायत अन्य निर्माण योजनाहरु राखेपको दराजका नै थन्किने भएका छन् । राखेपले हिमाली जिल्ला बाहेक गण्डकीका ८ जिल्लामा विभिन्न प्रतियोगिताको तयारी गरे पनि भदौ १५ सम्म खेलस्थलको टुङ्गो लगाउने तयारी गरेको भए पनि अधिकांश खेलहरु पोखरामा नै गर्ने तयारी गरेको छ ।
यस्तो छ विज्ञप्ती

