क्विन्स् इभेन्टले जेठ पहिलो साता बाट वोमेन्स् च्याम्पियन लिग गर्ने

पोखरा, २९ चैत । क्विन्स इभेन्ट म्यनेजमेन्ट प्रालीले पहिलो पटक क्रिकेटको वोमेन्स च्याम्पियन्स लिग (WCL) गर्ने भएको छ ।

गत कार्तिकमा पोखरामा पहिलो पटक पोखरा प्रिमियर लिग गरेर क्रिकेट आयोजनाको यात्रा सुरु गरेको क्विन्स इभेन्ट्ले नेपाली महिला क्रिकेटको जगलाई बलियो बनाउन पहिलो पटक महिला क्रिकेट लिग गर्ने जनाएको छ ।

क्विन्सले चैत २२ गते देखि ३० गते सम्म उक्त प्रतियोगिताका मिती तय गरेको भए पनि प्राविधीक कारणले अब उक्त प्रतियोगिता जेठ ३ देखि ११ गते सम्म कृतिपुर स्थित क्रिकेट मैदानमा गरिने भएको उक्त संस्थाका प्रबन्ध निर्देशक छुम्बी लामाले बताएका छन ।

वोमेन्स च्याम्यिन्स् लिगमा देशका विभिन्न शहरका पाँच टिम रहने आयोजकले जनाएको छ । काठमाण्डौमा एक भव्य कार्यक्रम गरि टिमको नाम, मार्की खेलाडी र टिमको स्वामित्वको घोषणा समेत गरेको छ ।

टिममा ललितपुर फाल्कोन्स, पोखरा, पल्टन, क्यापिटल रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटान्स रहनेछन । जस अनुुसार ललितपुर फाल्कोन्सको मार्की प्लेयरमा नेरी थापा रहेकी छन । यो टिमको स्वामित्व श्रीजना जोशीको हो । पोखरा, पल्टनको स्वामित्वमा बिनायक पोख्रेल रहेका छन र पोखरा पल्टनको मार्की प्लेयरमा सिता रानामगर रहेकाी छन ।

जेफोर स्पोर्टसकी प्रवन्ध निर्देशक दिपा अग्रवालको स्वामित्वमा रहेको क्यापिटल रोयल्स काठमाडौको मार्की प्लेयरमा रुबिना क्षेत्री रहेकी छन भने मिङमा डण्डु शेर्पाको चितवन राइनोजको मार्की प्लेयरमा ईन्दु बर्मा रहेकाी छन । यसै गरि पारस लुनिया अध्यक्ष रहेको बिराटनगर टाइटान्सको मार्की प्लेयरमा सरिता मगर रहेकी छन ।

यस प्रतियोगिताले नेपालमा महिला क्रिकेट खेलको बिकासका साथै महिला क्रिकेट खेलाडीको उत्पादनमा समेत योगदान दिने आयोजक क्विन्स इभेन्टले दाबी गरेको छ । क्विन्स इभेन्टले पोखराको पिपिएल प्रतियोगिता आयोजना गरि खेललाई व्यवसायिकता तर्फ अगाडी बढाउन महत्वपूर्ण योगदान दिएको चर्चा संङै महिला च्याम्पिन्स लिगले पनि उत्तिकै चर्चा पाउने विश्वास आयोजकले लिएको छ ।

तस्बिरहरुः सुदर्शन रंजित, काठमाडौ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close