
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय तेक्वान्दोमा कास्की जिल्ला टिम च्याम्पियन भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा पर्वतको कुश्मामा सम्पन्न प्रतियोगितामा कास्की टिम च्याम्पियन भएको हो ।
तिन सम्म सञ्चालन भएको प्रतियोगितामा कास्कीले ७ स्वर्ण, ४ रजत र ३ काश्य पदक जित्दै टिम च्याम्पियन हुँदा नवलपुर ३ स्वर्ण, ३ रजत र ४ काश्य पदकका साथ उपविजेता बनेको छ ।
त्यस्तै प्रतियोगिता आयोजक जिल्ला पर्वत २ स्वर्ण, ४ रजत र ६ काश्य पदकका साथ तेश्रो भएको कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले पोखरा स्पोर्टलाई जानकारी दिए ।
प्रतियोगितामा गोर्खा, कास्की, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी र तनहुँ गरी ६ जिल्लाका महिला र पुरुष खेलाडी गरी कुल ९३ खेलाडीहरुको सहभागिता रहेको थियो ।
