स्कटल्याण्ड महिला टी-२० विश्वकपमा छनौट, यी हुन् विश्वकप खेल्ने १२ देश

पोखरा स्पोर्ट्स ।  स्कटल्याण्ड आइसीसी महिला टी-२० विश्वकपमा छनौट भएको छ ।

काठमाडौँमा जारी ग्लोबल क्वालिफायर्स अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा आइतबार स्कटल्याण्डले अमेरिकालाई ४१ रनले पराजित गर्दै विश्वकपमा छनौट भएको हो ।

स्कटल्याण्डले दिएको १७९ रनको लक्ष्य पछाएको अमेरिकाले १९ ओभरमा अल आउट हुदै १३७ रन बनाएको थियो । यस अघि स्कटल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।

योसँगै ग्लोबल क्वालिफायर्सबाट स्कटल्याण्डसहित आयरल्याण्ड, बंगलादेश र नेदरल्याण्डस विश्वकपमा छनौट भएका छन् ।

इङल्याण्डमा आगामी जुन १२ देखि जुलाई ५ सम्म हुने टी-२० विश्वकपमा सहभागी हुने १२ वटै देशको टुंगो लागेको छ ।

विश्वकपमा आयोजक इङल्याण्ड स्वत छनौट भएको थियो भने २०२४ को टी-२० विश्वकपमा शिर्ष ५ स्थानमा रहेका अस्ट्रेलिया, भारत, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज सिधै छनौट भएका थिए ।

त्यस्तै शिर्ष वरियतामा रहेका पाकिस्तान र श्रीलंका पनि सिधै छनौट भएका थिए । त्यस्तै ग्लोबल क्वालिफायर्सबाट स्कटल्याण्डसहित आयरल्याण्ड, बंगलादेश र नेदरल्याण्डस विश्वकपमा छनौट भएका छन् ।            

नेपाल भने समुह चरणबाटै बाहिरिएर विश्वकपमा स्थान बनाउन असफल भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close