टाइगर कप भलिबलः सच्चीयो नतिजा, गण्डकी र पुलिस फाइनलमा भिड्ने, पर्वत र आर्मी तेस्रो स्थानका लागि खेल्ने

पोखरा स्पोर्ट्स । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा घरेलु टोली गण्डकी प्रदेश भलिबल संघ र विभागिय टोली नेपाल पुलिस क्लब उपाधीका लागि भिड्ने भएका छन् ।

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले यस अघिको नतिजा सच्चाउँदै फाइनलमा पुग्ने टोलीको टुङ्गो लगाएको हो । आज भएको निकै रोमाञ्चक भिडन्तमा गण्डकीले पर्वत जिल्ला भलिबल संघलाई ३–२ को सेटमा पराजित गरे सँगै गण्डकीले ११ अंकका साथ फाइनल यात्रा तय गरेको थियो ।

सिंगल राउन्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगितामा समान खेल खेलेका नेपाल पुलिस र पर्वत जिल्ला भलिबल संघको समान १०–१० अंक भएसँगै हार र जितको आधार सेटका आधारमा तय भएको हो ।

पुलिस र पर्वतले समान ५–५ खेलमा पर्वतले १३ सेट जित्दा पुलिसले ११ सेट तथा पर्वतले आफ्ना सबै खेलमा ९ सेट गुमाउँदा पुलिसले ७ सेट मात्र गुमाएको थियो । जसमा नेपाल पुलिसले आफ्नो जितको सामान्य प्रतिशतको आधारमा फाइनल यात्रा तय गरेको हो ।

शनिबार तय भएको फाइनल खेल दिउसो १ बजे गण्डकी र नेपाल पुलिस क्लबका बीच हुनेछ भने तेस्रो स्थानका लागि बिहान ११ बजे पर्वत र नेपाल आर्मी क्लब आमने सामने हुनेछन् ।

यस अघि घोषित नतिजा सच्चाउँदै आयोजकले सम्पूर्ण भलिबल खेलप्रेमीहरुलाई सदा झैँ सहयोग र सहकार्यका लागि अपिल गरेको छ । आयोजकले भनेको छ–“हामीले आजको खेल पछि नतिजा घोषित गर्दा प्राविधिक विषयमा त्रुटी हुन पुग्यो । यसप्रति हामी क्षमाप्राथी छौं । हामी नेपाली भलिबल खेलको विकासका लागि सबैको सहयोगका लागि आभार व्यक्त गर्दै भोली शनिबार हुने दुबै खेलहरु अवलोकनका लागि सादर निमन्त्रणा गर्दछौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close