प्याराग्लाइडिङ बन्द नहुने भयो, महानगर र प्याराग्लाइडिङ कम्पनीहरु बिच कुरा मिल्यो

पोखरा, २१ फागुन ।
भोली (बुधबार) देखि महानगरले पोखराका प्याराग्लाइडिङ कम्पनीहरुले वार्षिक कर नवुझाएको भन्दै बन्द गर्ने अल्टिमेट दिए पछि आज महानगर र प्याराग्लाइडिङ कम्पनीहरुको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का विच सहमती भएको छ । सहमती पछि भोली देखि बन्द गरिने भनिएको प्याराग्लाइडिङ पुनः सुचारु हुने भएका हुन ।

महानगर संग व्यवसायी करको वृद्धीको विरोध गर्दै आव २०७१–०७२ देखि कर नतिरेका व्यवसायीहरु भने आज भएको दुई पक्ष बिचको सहमतीमा कर तिर्न सहमती जनाएका छन । महानगरले ५ हजार ५ सयको व्यवसायी कर एकै पटक ५० हजार पु¥याए पछि उनीहरु असहमती दर्ज गर्दै आएका थिए ।

“यो समस्या महानगरले नै निमत्याएको हो हाम्रो कारणले होइन” ना का उपाध्यक्ष कृष्ण भण्डारीले भने–“अर्को तर्फ  गण्डकी प्रदेश सरकारले महानगर मार्फत थप १ लाख कर लिने बताए पछि हामी निकै मर्कामा थियौ ।” आजको बार्ताले प्रदेश सरकारले भनेको उक्त कर भने अब महानगरले नलिने सहमती भएको उनले बताएका छन ।

पोखरा महानगरका मेयर मानबहादुर जिशी, उपमेयर मञ्जुदेबी गुरुङ, बिभिन्न वडाका अध्यक्षहरु र नाका पदाधिकारीहरुका बिच भएको बार्तामा आव २०७१–०७२ देखि रोकिएको ८६ हजार बाकी रकम कम्पनीहरुले एक साता भित्र तिर्न दुबै पक्षले सहमती जनाएको वार्ता टोलीका एक सदस्य एवम नाका सल्लाहकार शैलेन्द्र राउतले बताए ।

महानगरले पोखरामा संचालित ६० वटा कम्पनीहरुले अब देखि वार्षिक कर २५ हजार मात्रै बुझाउने सहमती समेत भएको छ । यदि ति कम्पनीहरुले अबको एक सातामा कर नवुझाएमा बन्द गरिने जनाइएको छ । प्याराग्लाइडिङ कम्पनीहरुले कर बुझाए वापत महानगरले टेक अफ, ल्याण्डिङ, सडक र पार्किङलाई थप व्यवस्थित बनाउने भएको छ ।

सम्बन्धित समाचार

पोखरामा प्याराग्लाइडिङ भोलि देखि बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close