बंगलादेशको यू–१९ महिला टोली पोखरामा

पोखरा स्पोर्ट्स/तस्विरः सुदर्शन रञ्जित । साफ यू–१९ महिला च्याम्पियनसिप २०२६ मा सहभागिता जनाउन बंगलादेशको यू–१९ महिला राष्ट्रिय फुटबल टोली आज पोखरा आइपुगेको छ । प्रतियोगिताको उद्घाटन खेल माघ १७ गते बंगलादेश र भुटानबीच दिउँसो १२ बजे हुने तय भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ )साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा) को आयोजनामा हुने उक्त प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ, जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ। लिग चरणका खेलहरू सम्पन्न भएपछि शीर्ष दुई टोली माघ २४ गते हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पोखरामा आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताले नेपाली महिला फुटबलको विकाससँगै पोखराको खेल पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजक एन्फाले प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close