त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि थप ४० करोड बजेट

पोखरा स्पोर्टस । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।

अर्थमन्त्री पौडेलले त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि सरकारले ४० करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

हाल स्तरोन्नति भइरहेको किर्तिपुरस्थित क्रिकेट रंगशालाका लागि संघीय सरकारले ४० करोड बजेट विनियोजन गरेको हो ।

यसका साथै चितवनमा बन्दै गरेको गौतम बुद्ध क्रिकेट रंगशालाका सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरिएको छ ।

अर्थमन्त्री पौडेलले खेलकुद तथा युवा मन्त्रालयका लागि आगामी आर्थिक वर्ष ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।
एभरेष्ट न्यूज एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close