राष्ट्रिय लिग : भगवती क्लबमाथि पुलिस क्लबको जित

पोखरा स्पोर्ट्स ।  जारी राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा पुलिस क्लबले भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो  ।

पुलिसको जितमा खेलको ३७औं मिनेटमा विवश चौधरीले गरेको आत्मघाती गोल नै खेलको निर्णायक गोल बनेको थियो  ।

यसअघि एक बराबरी र २ हार खेलेको पुलिस क्लबको जारी लिगमा पहिलो जित हो । यो जितपछि पुलिसको ४ अंक भएको छ  । त्यस्तै श्री भगवती क्लबको ४ खेलमा एक जित, एक बराबरी र २ हारसहित ४ अंक रहेको छ  ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close