
पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा खेलकूदको फेरी अर्को अन्तर्राष्ट्रियस्तरको पुर्वाधार थपिएको छ । नवलपुर स्थित गैडाकोट नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको हक्की स्टेडियम निर्माण हुने भए पछि फेरी अर्को पूर्वाधार थपिने भएको हो ।
हक्की स्टेडियम निर्माणका लागि अन्तिम रुपमा दिन राष्ट्रिय खेलकूद परिषद (राखेप) र नेपाल हक्की संघको एक टोलीले विहिबार निरिक्षण गरेको छ । गैडाकोट नगर पालिका वडा नं १३ मा अन्तर्राष्ट्रियस्तरको हक्की स्टेडियम निर्माण गर्न नगर पालिकाले करिव ४ विघा जग्गा उपलव्ध गराउने भए पछि राखेप र नेपाल हक्की संघले निर्माणको तयारी सुरु गरिने राखेपका सदस्य सम्पन्न श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए ।
नेपालमा हक्कीको अन्तर्राष्ट्रिस्तरको पूर्वाधार निर्माण गर्न करिव रु ६ करोड बरावरको एष्ट्रोटफ दिने घोषणा एशियन हक्की फेडेरेशनले यस अघि नै गरीसकेको नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठले बताए । उनले भने–“एष्ट्रोटफ समेत राख्नका लागि हामीले उपयूक्त जग्गा पाएका थिएनौ । अहिले बल्ल हामीले सोचे जस्तै ठाउँ पाएका छौं । अव कुनै पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्न सहज हुनेछ भने मित्र राष्ट्र भारत र पाकिस्तान समेतलाई नेपालमा बोलाएर प्रतियोगिता गर्न सक्छौं ।” उनले स्टेडियम निर्माणका लागि पहल गर्ने राखेप र जग्गा उपलव्ध गराउने गैडाकोट नगरपालिकालाई आभार व्यक्त गरेका छन ।
राखेप सदस्य श्रेष्ठले भने–“हामीले लामो समय देखि जग्गा खोज्ने अभियानमा थियौं, गैडाकोट नगर पालिकाले ४ विघा जग्गा उपलव्ध गराएपछि अव निर्माण प्रक्रिया अघि वढ्ने भएको छ ।” लामो समय देखि नेपालमा अन्तर्राष्ट्रियस्तरको हक्की पूर्वाधार नहुँदा खेलाडीको प्रशिक्षणमा समेत निकै समस्या पर्ने गरेको उनले बताए । राम्रो पूर्वाधार नहुँदा नहुँदै पनि नेपालले अन्तर्राष्ट्रिय ऐरिनामा राम्रो पदर्शन गर्दै आएको तर अव पूर्वाधार निर्माणले नेपालको हक्की खेल विकासले फड्को मार्ने राखेप सदस्यले विश्वास गरेका छन ।
नेपालमा हक्कीको अन्तर्राष्ट्रिस्तरको पूर्वाधार निर्माण गर्न करिव रु ६ करोड बरावरको एष्ट्रोटफ दिने घोषणा एशियन हक्की फेडेरेशनले यस अघि नै गरीसकेको नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठले बताए । उनले भने–“एष्ट्रोटफ समेत राख्नका लागि हामीले उपयूक्त जग्गा पाएका थिएनौ । अहिले बल्ल हामीले सोचे जस्तै ठाउँ पाएका छौं । अव कुनै पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्न सहज हुनेछ भने मित्र राष्ट्र भारत र पाकिस्तान समेतलाई नेपालमा बोलाएर प्रतियोगिता गर्न सक्छौं ।” उनले स्टेडियम निर्माणका लागि पहल गर्ने राखेप र जग्गा उपलव्ध गराउने गैडाकोट नगरपालिकालाई आभार व्यक्त गरेका छन ।
गैडाकोटमा निर्माण हुने हक्की स्टेडियम हालका लागि ३ देखि ५ हजार दर्शक क्षमताको प्यारपिट निर्माण समेत गरिने योजना रहेको अध्यक्ष श्रेष्ठले बताएका छन । स्टेडियमको निर्माणका लागि एशियन हक्की फेडेरेशन र अन्तर्राष्ट्रिय हक्की फेडेरेशनले समेत अनुगमन गरे पश्चात विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने संघले जनाएको छ । निर्माणका लागि अन्तर्राष्ट्रिय हक्की फेडेरेशनले समेत सहयोग गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।
जग्गा निरिक्षणका लागि जाने टोलीमा राखेपका सदस्य गोविन्द भट्टराई, हक्कीका प्रमुख प्रशिक्षक विजन शर्मा, उद्योग वाणिज्य महासंघका सदस्य हेमराज ढकाल, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचन लगायत रहेका थिए । नवलपुर पुगेको टोलीलाई गैडाकोट नगर पालिकाका प्रमुख छत्ररनज पौडेल र वडा नं १३ का अध्यक्षले स्वागत गरेका थिए । गैडाकोट नगर पालिकाले करिव ६ महिना अघि नै उक्त ठाउँमा अन्तर्राष्ट्रियस्तरको हक्कीको पूर्वाधार निर्माण गर्न राखेपलाई जग्गा उपलव्ध गराइसेको थियो । यद्यपी कोभिड १९ महामारीका कारण प्रक्रियामा केही ढिलाई भएको राखेपले जनाएको छ ।
Aha Rara Advt



