रियल ओभिडोमाथि बार्सिलोनाको सहज जित

पोखरा स्पोर्ट्स ।   स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल ओभिडोमाथि सहज जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल ओभिडोलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मो, राफिन्हा र लामिन यमलले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोना लिगको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २१ खेलमा ५२ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २१ खेलमा ५१ अंक रहेको छ ।

त्यसैगरी रियल ओभिडोको भने २१ खेलमा १३ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close