
पोखरा स्पोर्ट्स । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले अर्को हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुल बोर्नमाउथसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
बोर्नमाउथको जितमा एभानिलसन, एलेक्स जिमेनेज र अमिन अदलीले एक एक गोल गरेका थिए । त्यसैगरी लिभरपुलका लागिभिर्गिल भानडाईक र डोमिनिक जोबोजलाईले एक एक गोल गरेका थिए ।
यो हारपछि लिभरपुल लिगको चौथो स्थानमा रहेको छ । लिभरपुलको २३ खेलमा ३६ अंक रहेको छ । त्यसैगरी बोर्नमाउथको २३ खेलमा ३० अंक भएको छ र लिगमा १३औंस्थानमा छ ।
त्यसैगरी लिगको अर्को खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको थियो । सिटीको जितमा ओमार मार्मोउश र एन्टोनी सेमेन्योले एक एक गोल गरेका थिए । त्यसैगरी म्यानचेस्टर सिटीको जितपछि २३ खेलमा ४६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै वोल्भ्सको भने २३ खेलमा ८ अंक रहेको छ र लिगमा पुछारमा छ ।
