कास्की एकदिवसीय क्रिकेट : लेखनाथ र अरन्यज्योतिको जित

पोखरा स्पोर्ट्स । कास्की जिल्ला क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत पोखरा रंगशाला क्रिकेट मैदान र लेखनाथस्थित इडेन हेभन मैदानमा सम्पन्न दुई छुट्टा–छुट्टै खेलमा सम्पन्न लेखनाथ क्रिकेट क्लब र अरन्यज्योतीले जित हात पारेका छन ।

पोखरा रंगशाला क्रिकेट मैदान जारी प्रतियोगितामा अरन्यज्योतीले गण्डकी स्पोर्ट्स क्लबलाई १९३ रनले पराजित गर्दा इडेन हेभन मैदानमा सम्पन्न खेलमा लेखनाथ क्रिकेट क्लबले एभरेष्ट क्रिकेट क्लब माथी  ४८ रनले जित हात पारेको हो ।

शनिबार भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको लेखनाथ क्रिकेट क्लबले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १९० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । लेखनाथका लागि राजकुमार छन्त्यालले ६९ बलमा ५७ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । देव यादवले २४ र सुभाष बास्तोलाले १८ रन जोडे । गण्डकी स्पोर्ट्स क्लबका बलरमध्ये दिक्ष्यान आर्याल र अनिश पोखरेलले समान ३–३ विकेट लिए भने हिमाल आचार्यले २ विकेट लिए ।

१९१ रनको लक्ष्य पछ्याएको गण्डकी स्पोर्ट्स क्लब ४१ ओभरमा १३७ रनमै समेटियो । गण्डकीका लागि सौरभ शर्माले ८६ बलमा ५६ रनको संघर्षपूर्ण पारी खेले । लेखनाथका बलरहरू सुभाष बास्तोला, सुशील सुवेदी र सगन क्षेत्रीले समान २–२ विकेट लिए । खेलका प्लेयर अफ द म्याच लेखनाथका राजकुमार छन्त्याल घोषित भए ।

त्यस्तै लेखनाथस्थित इडेन हेभन मैदानमा सम्पन्न प्रतियोगिताको दशौँ खेलमा अरन्यज्योति क्रिकेट क्लबले एभरेष्ट क्रिकेट क्लबलाई १९३ रनको फराकिलो अन्तरले हराएको छ ।

पहिले ब्याटिङ गरेको अरन्यज्योति क्रिकेट क्लबले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै ३५२ रनको विशाल योगफल खडा गर्‍यो । टोलीका लागि अनिकेत गजुरेलले ८३ बलमा ११० रनको शानदार शतक प्रहार गरे । बिमोचन सापकोटाले ६५ र प्रदीप पौडेलले ४८ रनको योगदान दिए । एभरेष्टका बलर सिजन पौडेलले ४ विकेट लिँदै केही प्रतिरोध गरे ।

३५३ रनको लक्ष्य पछ्याएको एभरेष्ट क्रिकेट क्लब ३६ ओभरमै १५९ रनमा अलआउट भयो । कमल थापाले अविजित ३७ रन बनाए पनि टोलीलाई जिततर्फ डोर्‍याउन सकेनन् । अरन्यज्योतिका आकाश बोगटीले ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरे । खेलका प्लेयर अफ द म्याच अनिकेत गजुरेल घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close