समिरको गोलमा चर्च चर्च ब्वाइज सेमीफाइनलमा

पोखरा स्पोर्टस । समिर तामाङको एक मात्र गोलमा चर्च ब्वाइज यूथ क्लब पोखरामा जारी २३ औं सस्करणको आहा रारा पोखरा गोल्डकपको सेमीफाइलमा पुगेको छ ।

विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै चर्च ब्वाइज सेमीफाइनलमा पुगेको हो । लिग बिजेता समेत रहेको चर्च ब्वाइजले गोलको खाता भने ७३औं मिनेटमा खोलेको थियो । ७३ औं मिनेटमा समिरले गोल गर्दै टिमलाई अग्रता मात्र दिलाएनन् सोही गोलले टिमलाई सेमीफाइनलको यात्रा समेत तय गरायो । पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र बि.क बीच तालमेल जसको फाइदा चर्च ब्वाइजले लियो । दिपेन्द्र बल रोक्न प्रयासरत थिए किपर शत्रुघन बल बचाउन अघि बढेको समयमा दुबै बिच तालमेल मिलेन जसको फाइदा समिरले लिए । उनले खाली पोष्टमा गोल गरे ।

हाफटाइम सम्म दुबै टिमले गोल गर्न सकेका थिएनन् । न त खेलमा कुनै मोमेन्ट नै बने । पहिलो हाफको इन्जुरी समयमा चर्च ब्वाइजले दुई अबसर पाएको थियो । सन्तोष खत्रीले मैदानको दायाँ साइडबाट गरेको प्रहार पुलिसका किपर शत्रुधन चौधरीले डाइभ गर्दै मैदान बाहिर पठाए । सोही बलमा कर्नर पाएको चर्च ब्वाइजले पाएको कर्नरमा गौरव श्रेष्ठको हेड पोष्टको केही माथीबाट बाहिरियो ।

५६ औं मिनेटमा चर्च ब्वाइजले अर्को अवसर गुमायो । प्रशान्त लक्षनले पेनाल्टी बक्स बाहिरबाट खाली पोष्टमा प्रहार गरे पनि बल फ्रेममा परेन ।

६४ औं मिनेटमा प्रशान्तले दोश्रो अवसर गुमाए । उनको प्रहार बारमा लागेर फर्कियो । रिबाउन्डमा समिरले प्रहार गरे पनि पुलिसका किपर शत्रुघनले गोल हुनबाट जोगाए ।

यो जित संगै दोश्रो पटकको आहा रारा गोल्डकपको सहभागितामा चर्च ब्वाइजले सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । चर्च ब्वाइजले विभागिय टोली नेपाल आर्मी क्लब संग १८ गते हुने सेमीफाइनलमा भिड्नेछ ।

माघ १७ गते बुधबार २३ औं सस्करणको सेमीफाइनलका खेलहरु सञ्चालन हुनेछन् । भोलीको पहिलो सेमफिाइनलमा थ्रीस्टार र जावलाखेल यूथ क्लबका बीच हुनेछ ।
तस्बिरः एनपिजे कास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close