हङकङमा किरात राई अन्तर भाषिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पोखरा स्पोर्टस । किरात राई यायोक्खा हङकङ यूवा खेलकुद संगीत तथा साहित्य बिभागद्वारा आयोजित तेस्रो अन्तर भाषिक ब्याडमिन्टन सम्पन्न भएको छ ।

किरात राई समुदायको उधौली पर्व ५०८३ को अबसरमा भब्य कार्यक्रम सॅगै तिन दिन जारी प्रतियोगिता आज सम्पन्न भएको हो । किराया हङकङ भित्रका ८ वटा भाषिक संस्थाहरूका खेलाडीहरू सहभागि प्रतियोगितामा मिक्स डबल्सतर्फ चाम्लिङका हेमराज राई र मनिषा राईको जोडी पहिलो हुँदा दिपेन राई र प्रनिसा राई दोस्रो र किरण राई र बिना राई को जोडी तेश्रो भएको छ ।

मिक्स डबल्समा हेमराज राई र मनिषा राईले पहिलो भएका छन् । उनीहरुले लगातार दोस्रो पटक उपाधी जितेका हुन् । उनीहरु दाजु बहिनी हुन् ।

त्यसै गरी डिभिजन ‘ए’ मा मिलन राई र दिपेन राईको जोडी प्रथम, हेमराज राई र किरण राईको जोडी द्वितीय र सन्जीब राई र प्रकाश राईको जोडी तृतिय स्थान हासिल गरे । डिभिजन ‘बी’ मा शोभित राई र निर्मल राईको जोडी प्रथम, लोखराज राई र सन्तोष राईको जोडी द्वितीय र ईमान राई र ईन्द्र राईको जोडी तृतिय भएको छ ।

बिजेता खेलाडीलाई किराया हङकङका अध्यक्ष लगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त प्रतियोगीतामा तिन छुट्टा छुट्टै बिद्यामा कुल २३ टिमको सहभागीता रहेको थियो ।

प्रतियोगीतालाई लिङमा कन्ट्रक्सन कम्पनीले टाईटल स्पोन्सर गरेको थियो भने अन्य बिभिन्न कम्पनी तथा खेलप्रेमीहरुले समेत आर्थिक सहयोग गरेको प्रतीयोगीताका संयोजक हेमराज राईले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नको निमीत शुभराज राईले टेक्निकल डाइरेक्टरको भुमिकामा रही सहयोग गरेका थिए भने गंगाराम राई बिभागीय प्रमुख र रामली राई बिभागीय संयोजक रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pokhara Marathon 2026


This will close in 3 seconds

Close
Close