टाइगर कप भलिबलः यस्तो छ गण्डकीको टिम

पोखरा स्पोर्ट्स । टाइगर कप भलिबल प्रतियोगिता सुरु हुन एक दिनअघि गण्डकी प्रदेश भलिबल संघले आफ्नो टिमको घोषणा गरेको छ ।

घोषित टिममा सञ्जु विक्रम शाह, राजन दर्लामी मगर, हिमाल सुनारी मगर, दिप्सन शाही ठकुरी, विवस आले मगर, विश्वास अधिकारी, उमेश सेन्चुरी, कुञ्जनशाही ठकुरी र सन्तोष विक रहेका छन् । साथै टिममा तीन जना पाकिस्तानी खेलाडी फहाद रजा, अदमान खान मुस्तफा र अदनान खानलाई समावेश गरिएको छ ।

गण्डकी टिमका मुख्य प्रशिक्षक रमेश केसीले पोखरा स्पोर्ट्सलाई जानकारी दिएअनुसार माघ ९ गतेदेखि सुरु हुने प्रतियोगितामा गण्डकीको टिम सञ्जु विक्रम शाहको कप्तानीमा मैदानमा उत्रिने छ ।

दुई पटकको उपाधि विजेता गण्डकीले भोलि हुने उद्घाटन खेलमा विभागीय टोली एपिएफसँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close