छैटौं टाइगर कप भलिबलको तयारी पुरा, भोली उद्घाटनसहित तीन खेल हुदै

पोखरा स्पोर्ट्स । एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले बिहिबार एक पत्रकार भेटघाट कार्यक्रम गरी तयारी पुरा भएको जनाएको हो ।

माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछन् । प्रतियोगिता मुल आयोजक समितिका संयोजक एवं टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले तयारी पुरा भएको जनाउँदै सफल बनाउन सबै पक्षसँग आग्रह गरेका छन् । उनले भने–“भलिबलको उर्वर भुमी गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालन हुने छैटौं सस्करण आवश्यक तयारी पुरा भए सँगै हामी निकै उत्साहित छौं । सफल बनाउन म सबैलाई आग्रह गर्दछु ।”

नेपाल भलिबल संघको स्वीकृति र समन्वयमा हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी हुनेछन् । यस संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।

महिलातर्फ थाइल्याण्ड क्विन्स (थाइल्याण्ड) तथा पुरुषतर्फ माल्दिभ्सको टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन् । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ मैदान उत्रनेछन् ।

प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले रु. ६ लाख ६६ हजार ६६६, दोस्रोले रु. ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु. २ लाख ६ हजार६६६ रुपैयाँ हात पार्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई रु. २६,६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। विधागत उत्कृष्ट खेलाडीहरूलाई रु. ११,६६६ बराबरको उपहारको व्यवस्था गरिएको छ।

दर्शकहरूका लागि रु. ३,५०० मूल्यको अनलाइन सिजनल टिकट खल्ती एप मार्फत उपलब्ध रहेको आयोजकले जनाएको छ । प्रत्येक खेलमा ‘टाइगर केल्मी अफ द म्याच’ घोषित खेलाडीलाई केल्मी नेपालका तर्फबाट सोभिनियर प्रदान गरिनेछ भने दैनिक टिकट काटी प्रवेश गर्ने दर्शकमध्ये एक जना भाग्यमानीलाई एक्सटेप नेपालको तर्फबाट टिसर्ट प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब रु. १ करोड ८० लाख खर्च अनुमान गरिएको छ । प्रतियोगिताबाट बचत हुने रकम स्वास्थ्य, शिक्षा, खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षक बनाउन एलईडी लाइट, एलइडी स्क्रिन डिजिटल बोर्ड, ठूलो क्षमताको प्याराफिट तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने आयोजक समितिका सचिब डिबी नेपालीले जनाएका छन् । त्यस्तै उनले जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाए ।

यस्तै प्रतियोगितालाई निष्पक्ष रुपमा सञ्चालन गर्न कुनै कसर बाँकी नरहने प्रतिवद्धा प्रतियोगिताका टेक्निकल डाइरेक्टर टहल सिंह थापाले जनाएका छन् । उनले भने–“कहिले काँही ह्युमन एरोर हुन सक्छ । तर हामी यस बारे निकै चनाखो छौं । विवादरहित रुपमा प्रतियोगिता सञ्चालन हुने विषयमा हामी आफ्नो तयारी गरेका छौं ।”

सहयोगी संस्थाहरु
छैटौं टाइगर कप भलिबलको सह–प्रयोजकको रुपमा बात्सल्य र धारा शुद्ध तोरिको तेल रहेका छन् भने बिशेष सहयोगीको रुपमा कान्तिपुर मिडिया प्रा.लि र सुश्री मिडिया प्रा.लि, एच.डि काठमाण्डौं, एक्सट्रिम एनर्जी ड्रिङ्क, गण्डकी प्रदेश मुख्य मन्त्रीको कार्यालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, एक्सटेप, केल्मी नेपाल, प्रभु बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ बिकास बैंक, विश्वकर्मा सप्लायर्स, कास्की जिल्ला खेलकुद बिकास समिति, हिमालयन लाईफ इन्सोरेन्स, सिटिजन फिर्निचर मार्केटिङ पार्टनर सुश्री मिडिया प्रा.लि काठमाण्डौं, व्यवस्थापन गण्डकी प्रदेश भलिबल संघ/जिल्ला भलिबल संघ कास्की, प्रवर्द्धक नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद, मेडिकल पाट्र्नर नेपाल मणिपाल शिक्षण अस्पताल, हस्पिटालिटी पार्टनर होटल माउण्ट कैलाश रिसोर्ट लेकसाईड पोखरा, होटल बराही लेकसाईड पोखरा, कुटी रिसोर्ट लेकसाईड पोखरा होटल ऐल्लो पागोडा ड्यामसाईड पोखरा, होटल टाक्स इन्टरनेश्नल प्रा.लि, होटल पिस प्लाजा, आँगन स्वीट्स एजुकेशन पार्टनर फ्रयांकलिङ एजुकेशन कन्सल्टेनसी प्रा.लि, मोबिलिटि पार्टनर होन्डा, टिकेटिङ पार्टनर खल्ती, ईन्टरनेट पार्टनर वल्र्ड लिकं कम्युनिकेशन, अफिसियल एअर लाईन्स यति एअर लाइन्स, अफिसियल ड्रिकिङ वाटर लेकसिटी पिउने पानी, ईन्सोरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्सोरेन्स, पूर्व राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण खेलाडीहरु । साथै संस्थागत सहकार्य तर्फ परिचय एड्भट्राईजिङ प्रा.ली, एस के साउण्ड सिस्टम, पोखरा म्याराथन आयोजक संस्था नेपाल भुतपुर्व खेलाडी मंच, सहारा क्लब पोखरा , बगर भाईखलक, गुरुङ स्पोटर्स हाउस नयाँबजार, काठमाण्डौं रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close