‘टेनिस फर कज’ मार्फत ग्रासरुट टेनिस कार्यक्रमलाई अन्तर्राष्ट्रिय सहयोग

पोखरा स्पोर्ट्स । गण्डकी प्रदेश टेनिस संघद्वारा विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरबाट उल्लेखनीय सहयोग प्राप्त भएको छ ।

आर्थिक रूपमा विपन्न तथा पछि परेका बालबालिकालाई लक्षित गर्दै टेनिस प्रशिक्षणमार्फत उनीहरूको शारीरिक, मानसिक र खेलकुद विकास गर्दै सक्षम टेनिस खेलाडी तथा अफिसियल उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेको उक्त कार्यक्रमलाई ‘टेनिस फर कज ग्रुप’ मार्फत अष्ट्रेलियाबाट सहयोग प्राप्त भएको गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका छन् ।

अष्ट्रेलियाको मेलबर्न निवासी टेनिसप्रेमी तथा सामाजिक व्यक्तित्व अशोक गुरुङको अग्रसरतामा विभिन्न महानुभावहरूबाट जम्मा अष्ट्रेलियन करिव ८ हजार डलर सहयोग संकलन गरी ‘टेनिस फर कज’ संस्थामार्फत गण्डकी प्रदेश टेनिस संघलाई उपलब्ध गराइएको संघले जनाएको छ ।

उक्त कार्यक्रमका लागि सहयोग गर्नेहरुमा विक्रम गौतम, पुरुषोत्तम बिष्ट, हरेन्द्र रिमाल, रेशम गुरुङ, डा. विष्णु प्रसाद पौडेल, सन्नि हमाल, बलराम वस्ती, मछिन्द्र बिष्ट, नगेन्द्र बोहोरा, गणेश अधिकारी, पारस थापा, नारायण कुमार कटुवाल, लोकेन्द्र गुरुङ, निलेश कर्माचार्य, सुबोध श्रेष्ठ, सुदिप गुरुङ, कृष्ण गुरुङ, विशाल गुरुङ, चन्द्र गुरुङ, मिलन गुरुङ, टोप कुमार आले, दिपेन्द्र गुरुङ, आर्य प्रताप, जंग गुरुङ, सबिन राजकर्निकर, सुवास घिमिरे, प्रमोद शर्मा, सन्दिप भण्डारी, दिनेश के.सी, सन्तोश रिमाल, विजय कटुवाल, राजिव वाग्ले, पूर्ण गुरुङ, ध्रुव कार्की, रितेश बास्तोला, निरज गुरुङ, विजय भुसाल, हेमन्त पुन, प्रमेश तुलाधर, भानु लिम्बु, दिपेन्द्र घिमिरे, हरि भट्टराई र काजी शेर्पा रहेका छन् ।

यस महत्वपूर्ण सहयोगप्रति गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष कायस्थले सम्पूर्ण सहयोगी महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै सद्भाव र सहयोगको अपेक्षा गरिएको जनाएका छन् । उनले भने–“हामीलाई विदेशबाट यति ठूलो सहयोग आएको पहिलो पटक हो । म यो अभियानको सुरूवात गर्ने अशोक गुरूङसहित सम्पूर्ण सहयोगी मनहरु प्रति पुनः एक पटक आभार व्यक्त गर्दछु । उहाँहरुको यो सहयोग हामीले विपन्न वर्गका बालबालिकाको टेनिस अभियानमा खर्च गर्नेछौं । गण्डकीको मात्रै नभइ नेपालको टेनिस विकासका लागि उहाँहरुको श्रमको पसिनाको थोपाको सहि सदुपयोग हुने गरी हामी कार्य गर्नेछौं । यो हाम्रो प्रतिवद्धता हो ।”

सहयोग गर्ने सम्पूर्ण व्यक्तित्वहरूलाई ‘फ्रेन्ड्स अफ जिपिटिए’ को रूपमा समावेश गरिएको जानकारी पनि संघले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close