खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

पोखरा स्पोर्ट्स ।  युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

गत कात्तिक ९ गते मन्त्री बनेका गुप्ता  फागुन २१ का प्रतिनिधिसभा निर्वाचनमा सिरहा- १ बाट रास्वपाको उम्मेदवार बन्ने तयारी गरेका छन् । 

पछिल्लो समय अमेरिका भ्रमणको विषयमा उनी विवादमा परेका थिए ।

गुप्ताले आफूले राजीनामा बुझाइसकेको तर आज बिदा परेकाले दर्ता हुन नसकेको तर राजीनामा बारे प्रधानमन्त्री सुशिला कार्कीलाई जानकारी गराइसकेको बताएका छन् ।

गुप्ता हाल रास्वपाका नेताहरुसँग मधेश प्रदेशमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close